पुस ११ गतेसम्म सिस्नेरी–दक्षिणकाली सडक बन्द हुने
३ पुस, हेटौँडा । हेटौँडाबाट संघीय राजधानी काठमाण्डौ जोड्ने सिस्नेरी–दक्षिणकाली सडक पुस ११ गतेसम्मका लागि बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोले गाडी सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।
यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक बन्द भएपछि यो सडक हुँदै चल्ने गाडीहरुलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाण्डौ जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक प्रयोग गर्न अनुरोध गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।