बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट सुरु हुने

स्वर्णिम खबर
२ पुष २०८१, मंगलवार १४:२३

२ पुस, हेटौँडा । दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता यही पुस १० गतेबाट हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश फुटबल संघले प्रतियोगिताको बारे जानकारी गराएको हो । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको उहाँले बताउनुभयो । लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट समेत सार्वजनिक गर्नुभएको थियो । । गत वर्षको पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*