सुदुरपश्चिम र जनकपुर क्वालिफायरमा, चितवन र कर्णालीले इलिमिनेटर खेल्ने
१ पुस, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समिकरण पूरा भएको छ ।
सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो ।
जितको लागिं कर्णालीले दिएको १ सय २ रनको लक्ष्यसुदूरपश्चिमले १५ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।
लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो । चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो स्थानमा रह्यो ।
८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन् ।
बुधबार विहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर हुनेछ । इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ । दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ ।