हेटौंडा ६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित
२७ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६ नं. वडालाई उपमहानगरपालिकाको १० औं वडाका रुपमा बालमैत्री वडा घोषणा गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् उपमेयर राजेश बानिंयाको विशेष आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक विष्णु बहादुर दाहालले आवश्यक ५१ सूचक मध्ये ४८ सूचकमा सतप्रतिशत र ४ वटा सूचकमा न्यूनतम नतिजा हासिल गरेको दाबी गर्नुभयो । यस वडामा १९ वटा बाल समूहहरु र एउटा वडा बाल सञ्जालमा ४ सय ७५ बालबालिका आबद्ध रहेका छन् ।
२०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेका छन् । कार्यक्रम अघि बशंगोपाल माध्यामिक विद्यालयबाट ¥याली निकालेर चौघडा बजार परिक्रम गरी कार्यक्रम स्थल पुगेको थियो ।