मंसिर २७ गते हेटौंडा ६ बालमैत्री वडा घोषणा हुने

स्वर्णिम खबर
२५ मंसिर २०८१, मंगलवार १६:१२

२५ मंसिर, हेटौँडा । यही मंसिर २७ गते बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
घोषणा कार्यक्रम समारोहको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दे बालमैत्री घोषणा तयारीका विषयमा जानकारी प्रदान गरिएको हो । ६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक विष्णु बहादुर दाहालले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । यस वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४८ सूचकमा सतप्रतिशत र ४ वटा सूचकमा न्यूनतम नतिजा हासिल गरेको उहाँले जानकारी दिनुभयो ।
यस वडामा सामुदायिक, संस्थागत विद्यालय र विशेष गरि ७ वटा विद्यालय सञ्चालनमा रहेको उहाँले बताउनुभयो । १९ वटा बाल समूहहरु र एउटा वडा बाल सञ्जालमा ४ सय ७५ बालबालिका आबद्ध रहेको उहाँले बताउनुभयो । २०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेका छन् । हेटौंडा–६ उपमहानगरपालिकाको १० औं वडाका रुपमा बालमैत्री वडा घोषणा हुन लागेको हो ।
नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हेटौंडा ६ चौघडा स्थित सिटी पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने वडा कार्यालयले जनाएको छ । यसअघि बशं गोपाल माध्यामिक विद्यालयबाट ¥याली निकालिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*