देश चलाउन सहकारी ठगे जस्तो हुँदैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२३ मंसिर २०८१, आईतवार १९:०४

२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गर्नुभएको छ ।
आईतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गर्नुभएको हो । देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताउनु भयो । देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उहाँको भनाइ थियो ।
नयाँ राजनीतिक शक्तिहरुलाई प्रधानमन्त्री ओलीले बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिनुभयो । उहाँले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*