तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ
२२ मंसिर, हेटौँडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र भएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रमुख लामाले पछाडि पारिएका समुदायलाई हक अधिकार प्रदान गर्दै अगाडि बढ्ने स्थानीय सरकारको उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख लामाले स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । तामाङ समुदायको संस्कृति परम्परालाई संरक्षण गर्न तामाङ संग्रालयलाय निर्माण गरिएको बताउँदै उहाँले यसको व्यवस्थापन गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामा बल र उत्कृष्ट कार्य गरेबापत चितवन जिल्लालाई सम्मान समेत प्रदान गरिएको थियो । अधिवेशनको बन्दसत्रले चितवनका ज्ञानेन्द्र तामाङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
उपाध्यक्षमा जगतमान तामाङ, सचिवमा दिलबहादुर तामाङ, सह–सचिवमा मायालु लामा र कोषाध्यक्षमा पेमा लामा दोङ चयन भएका छन् । सदस्यहरुमा श्यामलाल लामा, फुर्वा तामाङ, नवराज वाइवा, बबिलाल तामाङ, विकास वाईवा सर्वसम्मत चयन भएका छन् ।