सुदूरपश्चिम रोयल्सको एनपिएलमा लगातार तेश्रो जीत

स्वर्णिम खबर
२२ मंसिर २०८१, शनिबार १३:००

२२ मंसिर, काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेश्रो जीत निकालेको छ ।
शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदुरपश्चिम लगातार तीन खेलमा बिजयी भएको हो ।
सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै सन्दीप जोराले २० रन बनाए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान तीन विकेट लिए । स्कट कुगेलेइनले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो । सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले दुई विकेट लिए ।
लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ । खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*