नारायणी लिफ्ट तथा खगेरी सिचाईलाई नियमित संञ्चालन गर्न मन्त्रालय लाग्छः मन्त्री खड्का

स्वर्णिम खबर
२० मंसिर २०८१, बिहीबार १८:४४

२० मंसिर, हेटौँडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्काले नारायणी लिफ्ट तथा खगेरी सिचाई व्यवस्थापन आयोजनालाई नियमित रुपमा संञ्चालन गर्ने गरि मन्त्रालयले काम गर्न तयार रहेको बताउनुभएको छ ।
बिहिबार कार्यालयको निरिक्षण अनुगमन पछि बोल्दै मन्त्री खड्काले जनताको आयस्तर संग जोडिएका आयोजनाहरुलाई नियमित रुपमा संञ्चालनमा ल्याउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । नारायणी लिफ्ट तथा खगेरी सिचाइ व्यावस्थापन आयोजनालाई प्रभावकारी रुपमा संञ्चालनमा ल्याउन सके उत्पादनमा बृद्धि भएर अन्य जिल्लालाई समेत सहयोग पुग्न सकिने उहाँको भनाई छ ।
त्यसैगरी मन्त्रालयका सचिब मोहन कुमार शाक्यले नियमित सिचाईका लागि आबश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले मन्त्रालयबाट हुन सक्ने र गर्न सकिने काममा आफु सधै सकारात्मक भएको बताउनुभयो ।
मन्त्रालयको सिचाई महाशाखा प्रमुख मेघराज अवस्ती, नारायणी लिफ्ट सिचाई आयोजनाका अध्यक्ष पूर्ण वहादुर रानाभाट लगाएतले दुबै वटा सिचाई आयोजनालाई नियमित संञ्चालन गर्न सके पश्चिम चितवनमा सिचाईको अभाव नहुने बताउनुभयो । कार्यक्रममा कार्यालयका प्रमुख प्रकाश तिमल्सिनाले कार्यालयको अबस्था र अहिले भइरहेका कामका बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी मन्त्री खड्काले बिहिबार नै पूर्बी चितवनमा रहेको भूमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय खैरहनी र जलस्रोत तथा सिचाई डिभिजन कार्यालय भरतपुरको समेत निरिक्षण अनुगमन गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*