चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता भएको छैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२० मंसिर २०८१, बिहीबार १६:१७

२० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताउनुभएको छ ।
बिहीवार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो । उहाँले चीन भ्रमणपूर्व नै कुनैपनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पार्नुभयो । उहाँले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताउनु भयो । उहाँले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने उल्लेख गर्नुभयो । उहाँले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*