जनकपुरको अपराजित यात्रा कायम, पोखरा लगातार दोश्रो खेलमा पराजित

स्वर्णिम खबर
२० मंसिर २०८१, बिहीबार १२:२४

२० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ ।
बिहिबार भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो ।
पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए । पोखराको यो लगातार दोस्रो हार हो । जनकपुर ६ अङ्कसहित शीर्ष स्थानमा छ । अङ्कको खाता खोल्न नसकेको पोखरा पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*