मन्त्री खड्काद्वारा खानेपानी र सिचाई डिभिजन कार्यालयको अनुगमन
१९, मंसिर, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले खानेपानी डिभीजन कार्यालय हेटौडा र जलस्रोत तथा सिचाई डिभीजन विकास कार्यालय हेटौडाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
अनुगमनको क्रममा मन्त्री खड्काले अधुरा योजनाहरुलाई प्राथमिकताका साथ छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो । विपद्मा रहेका क्षेत्रहरुमा विशेष तबरका साथ काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । आर्थिक वर्ष २०८१÷०८२ मा खानेपानी डिभीजन कार्यालय हेटौडामा २ वटा बहुवर्षीय योजना सहित ३ सय ८८ योजना रहेको डिभिजनका प्रमुख रवीन श्रेष्ठले बताउनुभयो । जसमध्ये ३५ प्रतिशत योजनाहरु सम्झौता गरी काम अघि बढी सकेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी जलस्रोत तथा सिंचाई डिभीजन विकास कार्यलय हेटौडाको २ सय ६६ वटा योजनाहरु रहेको कार्यालयका प्रमुख निर्मल दाहालले बताउनु भयो । कार्यक्रमा मन्त्रालयका सचिव मोहन शाक्य, महाशाखा प्रमुख मेघराज अवस्थी, नविन अधिकारी , प्रमुख स्वकीय दोर्जे शेर्पा, विज्ञ सल्लाहाकार राजेन्द्र श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।