नेपाल र चीनबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशनमा हस्ताक्षर
१९ मंसिर, काठमाडौँ । नेपाल र चीनबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशनमा हस्ताक्षर भएको छ ।
बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चाका बीच बुधबार बिहान दुवै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन् । यो सँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ ।
यसअघि तयार पारेको फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ ।