नेपाल र चीनबीच नौ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर

स्वर्णिम खबर
१८ मंसिर २०८१, मंगलवार १२:४७

१८ मंसिर, काठमाडौँ । नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि ९ वटा सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।
वसन्तपुर दरबार क्षेत्रमा चिनियाँ सहयोगमा भइरहेको पुनर्निर्माणसम्बन्धी कार्य सम्पन्न भएकाले सोको हस्तान्तरण गर्ने, व्यापार समझदारीमा सहयोग गर्ने, राँगाको मासुको प्रशोधन र निकासीलाई बढावा दिने, टोखा छहरे सुरुङ मार्ग निर्माणलाई गति दिने, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्य बढाउने तथा नेपालमा चिनियाँ भाषाको प्रबर्धन गर्ने विषयमा समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*