हेटौंडा १२ मा कांग्रेसका तिवारी निर्वाचित, उपमहानगरका वडामा माओवादी केन्द्र शुन्य

स्वर्णिम खबर
१७ मंसिर २०८१, सोमबार ०६:२३

१७ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।
सोमबार बिहान सम्पन्न मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । यसैगरी तेश्रो स्थानमा रहेको एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
योसंगै हेटौँडा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र शुन्य भएको छ । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो ।
यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय चुनावमा माओवादीका ललितबहादुर घलानले जित्नुभएको थियो । घलान जिल्ला समन्वय समितिको प्रमुख भएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*