दुई छुट्टाछुट्टै घटनामा परी मकवानपुरमा २ जनाको मृत्यु

स्वर्णिम खबर
१४ मंसिर २०८१, शुक्रबार ११:२९

१४ मंसिर, हेटौँडा । हाइटेन्सन लाईनको तार चुडिएर भुईमा लत्रिएको अबस्थामा करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तारमा करेन्टलागेर स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो । करेन्ट लागी लडिरहेको अवस्थामा प्रजालाई देखी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाईते भएको छ । घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो
त्यसैगरी हेटौंडा ६ चौघडा बजारमा शुक्रबार बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने वर्ष ६८ को जनक राई रहेको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो
हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
अटोले ठक्कर दिँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल उद्दार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*