हेटौंडामा टि–१० क्रिकेट प्रतियोगिता सुरु, बुधबार ४ खेल सम्पन्न

स्वर्णिम खबर
१२ मंसिर २०८१, बुधबार १७:५६

१२ मंसिर, हेटौँडा । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजनामा बुधबारदेखि हेटौंडामा टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
हेटौंडा ४ हुप्रामा जारी प्रतियोगितामा बुधबार ४ वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा टिम बेलफोर्जलाई ८२ रनले हराउँदै नेपाल स्टारर्सले बिजयी सुरुवात गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याएको बेलफोर्जले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल स्टारर्सले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । उक्त खेलमा म्यान अफ दि म्याच नेपाल स्टारर्सका विवेक शहनी घोषित भए । उनले ८ छक्का र १ चौकाको मद्धतमा १९ बलको सामना गर्दै ५५ रन बनाएका थिए ।
यसैगरी दोश्रो खेलमा जि.एस.निकेतन ८ विकेटले बिजयी भएको छ । रोयल टाइर्गसले दिएको ६८ रनको बिजयी लक्ष्य जि.एस.निकेतनले ८ दशमलब ५ ओभर खेल्दै २ विकेटको क्षतिमा भेटायो । टस जितेर पहिले ब्याटिङ गरेको रोयलले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दि म्याच जि.एस.का श्रीजन अधिकारी घोषित भए ।


त्यस्तै बुधबार नै भएको तेश्रो खेलमा पठान ११, ९ विकेटले बिजयी भएको छ । मकवानपुर गढीले दिएको ३५ रनको सामान्य लक्ष्य पठान ११ ले २ दशमलब ३ ओभर खेल्दै १ विकेटको क्षतिमा भेटायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गढीले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ३४ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दि म्याच पठान ११ का राहुल यादव घोषित भए ।
यसैगरी बुधबार भएको चौथो तथा अन्तिम खेलमा पठान स्टाइकर्स ४३ रनले बिजयी भएको छ । पठान स्टाइकर्सले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको आधुनिक राष्ट्रिय माविले निर्धारित १० ओभर खेल्दै ५ विकेटको क्षतिमा ६५ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको पठान स्टाइकर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दि म्याच पठान स्टाइकर्सका विके शहनी घोषित भए ।


मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा बागमती प्रदेशका ७ र मधेश प्रदेशका ९ गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख नगद र उप विजेताले नगद ५० हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*