नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री

स्वर्णिम खबर
१२ मंसिर २०८१, बुधबार १५:०८

१२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ ।
बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उहाँले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताउनुभएको हो । उहाँले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनु भयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो । ज्यापु दिवस (योमरि पुन्ही) मंसिर ३० गते मनाइँदैछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*