पारस खड्का, सन्दिप लामिछानेले नेपालको पहिचान जोगाएको छः मन्त्री महर्जन

स्वर्णिम खबर
१२ मंसिर २०८१, बुधबार १२:४५

१२ मंसिर, हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवाहरुमा देखिएको निराशालाई खेल क्षेत्रले आशामा बदल्ने बताउनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजनामा बुधबार देखि सुरु भएको टि–१० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री महर्जनले सामाजिक सञ्जालको माध्यमबाट फैलिएको गलत भ्रमलाई चिर्न खेल क्षेत्रको भुमिका महत्वपूर्ण रहने बताउनुभएको छ । खेलले युवाहरुलाई अनुशासन र टिम स्पिरिटमा काम गर्नुपर्छ भन्ने शिक्षा सिकाउने समेत उहाँले बताउनुभयो ।
शारीरिक तन्दुरुस्तको लागि पनि खेल जरुरी भएको उहाँको भनाई छ । मन्त्री महर्जनले क्रिकेटले नै नेपाललाई विश्वमा चिनाएको उल्लेख गर्नुभयो । पारस खड्का, सन्दिप लामिछाने जस्ता खेलाडीले नेपालको पहिचान विश्व जगतमा जोगाएको उहाँले बताउनुभयो ।


मन्त्री महर्जनले क्रिकेट क्षेत्रको थप विकास गर्न बागमती प्रदेश सरकार तत्पर रहेको समेत बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका पूर्व प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, कांग्रेसका मकवानपुरका सभापति बुद्ध लामा, संविधानसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*