समाजलाई सही बाटोमा हिँडाउने कर्तव्यलाई सरकारले पुरा गर्छः प्रधानमन्त्री ओली
११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति जिम्मेवार रहेको बताउनुभएको छ ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोड्नेहरुलाई सरकारले ठिक बाटोमा हिँडाउने आफ्नो कर्तव्य सरकारले पूरा गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले समाजलाई सही बाटोमा हिँडाउने कर्तव्य पुरा गर्नुपर्छ भन्ने कुरा बुझनुपर्ने पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन आफूले चाहेको पनि दोहो¥याउनु भयो । पछि परेका नागरिकलाई माथि उठाउनका लागि सरकारले सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रमलाई अघि बढाएको पनि उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले गरिवी, अभाव र पछौटेपन अन्त्य गर्न संकल्प लिएको बताउनु भयो ।
त्यसैगरी प्रधानमन्त्री ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा समेत गर्नुभयो । केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने बताउनुभयो ।