थाहा नगरलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
११ मंसिर २०८१, मंगलवार १६:०७

११ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले थाहा नगरपालिकाको समृद्धिको लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ ।
गोरखनाथ संवत् २८१८ को अवसरमा थाहा नगरपालिका वडा न ३ डाँडागाउँमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको गोरख संवत्को उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले थाहा नगर प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभयो । नगरपालिकालाई धार्मिक तथा कृषि पर्यटनको रुपमा लैजान प्रदेश सरकार तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री लामाले गोरखनाथ मन्दिर आउने सडकको स्तरोन्नतिको लागि स्थानीय सरकारलाई डिपिआर सहित प्रदेश सरकार समक्ष आउन आग्रह समेत गर्नुभयो ।


कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले गोरखनाथ मन्दिर सम्म आउने सडक र पुर्वाधारको लागि बजेट बिनियोजन गरिदिन मुख्यमन्त्री लामासंग अनुरोध समेत गर्नुभयो ।
कार्यक्रमको अवसरमा पालुङमा निर्मित वायु मण्डलिय शक्तिपिठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै गोरखनाथ कल्याण केन्द्रले थाहा नगरका युवा समाजसेवी तथा निर्माण व्यवसायी राजन ढकाल र शम्भु सिं कार्कीलाई सम्मान गरेको थियो । केन्द्रका अध्यक्ष फणी प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त प्रसाद खनाल, नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, वडा न ११ का वडा अध्यक्ष दिनेश बल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*