काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायम रहन्छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
७ मंसिर २०८१, शुक्रबार १५:२०

७ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।
सरकार दशैं, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको हो ।
२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । शुक्रवार काठमाडौंमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उहाँले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन काँग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*