राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई दज्र्यानी चिन्ह प्रदान
६ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
बिहीवार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तित्वहहरुको उपस्थिति रहेको थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।
भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधवार नेपाल आउनुभएको थियो ।