देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल

स्वर्णिम खबर
१ मंसिर २०८१, शनिबार १७:५८

१ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताउनु भयो । अध्यक्ष दाहालले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताउनु भयो । उहाँले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाउनु भयो ।
अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*