बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड

स्वर्णिम खबर
३० कार्तिक २०८१, शुक्रबार १८:३४

३० कार्तिक, हेटौँडा । बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ ।
शुक्रबार जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जलवायु परिवर्तका कारण बागमती प्रदेशका बिभीन्न क्षेत्रमा परेको असरका विषयमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।


जलवायु परिर्वतनका कारण धेरै खालका समस्या भएको र यसको समस्या विश्वव्यापी रुपमा भएकाले पनि सबैले आफ्ना क्षेत्रबाट लाग्नका लागि कार्यक्रममा सहभागीहरुको सुझाव रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहका सरकारबीच समन्वय अभाव भएको बताउनुभयो ।


त्यसैग्री बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले बागमती प्रदेशमा जलवायु परिवर्तनका प्रभावका विरुद्धमा गरिने कार्यका लागि कानुनी व्यवस्था नै नभएको बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत राधिका शर्माले जलवायु परिवर्तनका कारण समाजमा अहिले सम्म परेको असर र अब हुन सक्ने असरका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा अतिथीका रुपमा बागमती प्रदेशसभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सचिब राजु श्रेष्ठको आतिथ्यता रहेको कार्यक्रममा जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*