हेटौँडामा दुई दिने उद्यमी मेला आयोजना

स्वर्णिम खबर
२९ कार्तिक २०८१, बिहीबार १७:१८

२९ कार्तिक, हेटौँडा । सामुदायिक वन उपभोक्ता समूह र साना तथा घरेलु उद्यामीले उत्पादन गरेको सामग्री प्रर्वद्धन गर्ने उदेश्यले हेटौँडामा दुई दिने उद्यमी मेला आयोजना गरिएको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यु.एन.डिपीसँगको साझेदारीमा एलोई प्रालिको आयोजना तथा व्यवस्थापनमा मेला आयोजना गरिएको हो । हेटौंडाको पल्पसा पाराडाइजमा भोलिसम्म सञ्चालन हुने मेलामा मकवानपुर उद्योग वाणिज्य संघ र प्राकृतिक स्रोतमा महिला अधिकार डब्लू आर आर एनको सहयोग रहेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन तथा विकासका लागि मेला आयोजना गरिएको एलोई प्रालिकी ज्योति खनालले बताउनुभयो ।
मेलामा सामुदायिक वनमा आबद्ध महिलाले उत्पादन गरेका सामग्रीहरु बेसार, दारको ठेकी, हस्तकलाका सामग्री, जातीय भेषभुसाको स्टल, माटोका भाँडा, खाद्य स्टल र कृषि उत्पादन लगायतका २२ वटा स्टल रहेको सामुदायिक वन उपभोक्ता समूहकी परियोजना संयोजक सन्ध्या सिवाकोटीले बताउनुभयो । मेला बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ दैनिक पाँच भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*