बागमती प्रदेश सरकारलाई विपक्षीको ध्यानाकर्षण, ८ बुँदे ज्ञापनपत्र बुझाए
२८ कार्तिक, हेटौँडा । विपदले जनधनको क्षति भएका प्रभावित जिल्लामा राहत र उद्दारका लागि बागमती प्रदेशको सर्वदलीय बैठकले गरेको निर्णय सरकारले कार्यान्वयन नगरेको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल सहित सांसदहरुको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । आर्थिक वर्ष २०८१–०८२ को बजेटमा पुर्व सहमती बमोजिम अपुग रकम थप गर्ने विषयमा भएको सर्बदलीय सहमती कार्यान्वयन गर्न विपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेशका दिर्घकालिन महत्वका प्रदेश सडक गुरुयोजना लगायत अघिल्ला सरकारले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता र बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड अनुसार योजना कार्यान्वयन लगायतका माग प्रतिपक्षले राखेका छन् । समस्याग्रस्त सहकारीमा संलग्नहरुलाई राजनीतिक पुर्वाग्रह नराखी छानबिनको दायरामा ल्याउनुपर्ने विपक्षी दलको माग छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लामाले प्रतिपक्षका रचनात्मक सुझाव अनुशरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।