बागमतीमा मन्त्रालयको संख्या १३ बाट १४ पुग्यो
२७ कार्तिक, हेटौँंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या बढाएर १४ पु¥याइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालयमा थप एउटा मन्त्रालय थप्दै १४ वटा पु¥याउने निर्णय गरेको हो ।
बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेको हो ।
सपथ लिएको १११ दिनदेखि बिनाविभागीय रहेका कांग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो । यद्यपि, श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने मन्त्रिपरिषद्ले नगरेको मन्त्री लामिछानेले बताउनुभयो ।
हतारहतारमा हाललाई मन्त्रालय विभाजन गरिएको र आगामी मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई जिम्मेवारी तोक्ने मन्त्री लामिछानेले जानकारी दिनुभयो । श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिने सम्बन्धमा सैद्धान्तिक सहमति रहेको उहाँको भनाइ छ ।
प्रदेशमा मुख्यमन्त्री लामासहित कांग्रेसका आठ र एमालेका ६ जना मन्त्रीहरू रहेका छन्।