लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल नियुक्त
२६ कार्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
नक्शालमा सोमवार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले नेपालको कलाकारिता क्षेत्रमा लामो योगदान पु¥याएका राजेश हमाललाई पहिलो संस्करणका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेको हो । सोही कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र अभिनेता राजेश हमालले सहकार्यका लागि सम्झौता गर्नुभयो ।
लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र कन्स्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन छन् । यी दुवै लुम्बिनी प्रदेशका स्थानीय हुन् । सो अवसरमा अभिनेता हमालले लुम्बिनी लायन्ससँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै एनपिएल दिगो रूपमा अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो ।
लुम्बिनीका अध्यक्ष जिसीले चलचित्रजगतको ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा निकै उत्साहित रहेको उल्लेख गर्दै आफँै पनि लुम्बिनीमै जन्मिएको र त्यसै स्थानका क्रिकेटरका साथै कन्स्ल्ट्यान्ट प्रशिक्षक टोलीमा आवद्ध हुँदा भावनात्मक रूपमा पनि जोडेको बताउनु भयो । नेपाल प्रिमियर लिग (एनपिएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।