हेटौंडा एडभेन्चर क्लबका २१ जना युवाहरु शे फोक्सुण्डो ताल पुगे

स्वर्णिम खबर
२६ कार्तिक २०८१, सोमबार १७:१७

२६ कार्तिक, हेटौँडा । हेटौंडा एडभेन्चर क्लबका २१ जना युवाहरु आन्तरिक पर्यटन प्रवद्र्धनको लागी मोटरसाइकल मार्फत शे फोक्सुण्डो ताल पुगेका छन ।
भ्रमण टोलीले फोक्सुण्डो ताल, शेफोक्सुण्डो राष्टिय निकुञ्ज लगायत स्यार्पु ताल ,पोखराको फेवाताल , बागलुङको कालिका मन्दिर र रुकुमकोटको कमल पोखरी लगायतको भ्रमण गर्ने छ ।
कार्तिक २१ गते सुरु भएको यात्रा कार्तिक २९ गते समापन हुनेछ । क्लबले पर्यटन प्रबर्द्धनको लागि असोज ५ गते प्रथम हेटौंडा सम्पदा यात्राको समेत आयोजना गरेको थियो । करिब ४ लाखको खर्च अनुमान गरिएको यात्रामा सहभागीहरुबाट शुल्क संकलन गरिएको अध्यक्ष सुशिल सुवेदीले बताउनुभयो ।
एकै स्थानबाट यति धेरै संख्यामा ताल भ्रमण गर्ने सम्भवतः हेटौंडा एडभेन्चर क्लब नै पहिलो रहेको वेलकम होटल छेप्के का प्रोपाईटर बालकुमारी गुरुङले बताउनुभयो । क्लबले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले बार्षिक रुपमा मोटरसाईकल मार्फत भ्रमण गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*