सशस्त्र प्रहरी बल नेपाल, नम्बर १४ गण मकवानपुरद्वारा देउसी भैलो कार्यक्रमको आयोजना
१४ कार्तिक, हेटौँडा । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १४ गण मकवानपुरले विपद् प्रकोप राहत कोष सहयोगका लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
प्रमु्ख जिल्ला अधिकारी तीर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा बुधबार हेटौडा ८ कपडा उद्योग स्थित सशस्त्र प्रहरी गणको प्रङ्गणमा आयोजना गरिएको हो ।
देउसी भैलो कार्यक्रममा सशस्त्र प्रहरी बलको तर्फबाट विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोषमा जाने सशस्त्र प्रहरी बल नेपाल, नम्बर १४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भूर्तेलले बताउनुभयो । सशस्त्र प्रहरीका टोलीले विपद् कोषमा सहयोगको अपिल गर्दै देउसी भट्याएका थिए । देउसी भैलो कार्यक्रमबाट ४० हजार संकलन भएको सशस्त्र प्रहरी उपरीक्षक भूर्तेलले जानकारी दिनुभयो ।
देउसी कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्र भित्र सञ्चालित विभिन्न उद्योगका प्रमुख एवं प्रतिनिधि, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्व शसस्त्र प्रहरी लगायतको उपस्थिती थियो ।