असामाजिक र अराजक क्रियाकलापहरु फस्टाउन दिँदैनौँः प्रधानमन्त्री ओली
१३ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताउनुभएको छ ।
मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताउनुभएको छ । उहाँले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरित असामाजिक र अराजनीतिक क्रियाकलापहरु गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता क्रियाकलापहरुलाई मौलाउन नदिने स्पष्ट पार्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताउनु भयो । उहाँले सो कानून संसदको आगामी अधिवेशनमा अगाडी बढाइने बताउनु भयो ।
उहाँले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताउनु भयो ।