वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने

स्वर्णिम खबर
१० कार्तिक २०८१, शनिबार १२:०१

१० कार्तिक, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो । सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतिहरु महशुस गरिरहेको पनि उल्लेख गर्नुभयो । सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति व्यहोरिरहेको बताउनुभयो ।
शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*