प्रधानन्यायाधीश राउतको अठोटः न्यायपालिकालाई लयमा फर्काउनेछु

स्वर्णिम खबर
५ कार्तिक २०८१, सोमबार १७:२९

५ कार्तिक, काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताउनुभएको छ ।
सोमवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताउनु भयो ।
अदालतभित्र अफ्ठयाराहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताउनु भयो । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौति हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि उल्लेख गर्नुभयो ।
त्यस अवसरमा प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*