शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर छः उपप्रधानमन्त्री सिंह

स्वर्णिम खबर
४ कार्तिक २०८१, आईतवार १३:२९

४ कार्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताउनुभएको छ ।
आईतवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताउनु भयो । उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले सय दिनमा कुनैपनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताउनु भयो । उपप्रधानमन्त्री सिंहले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याँई गर्न नहुने उल्लेख गर्नुभयो ।


यसैगरी उपप्रधानमन्त्री सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताउनु भयो ।
सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको उहाँले बताउनु भयो । भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको सचिव गेलालले बताउनु भयो ।
सचिव गेलालले धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिटै हुने पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*