उद्योग मन्त्री तामाङद्वारा नापी कार्यालय मकवानपुरको अनुगमन

स्वर्णिम खबर
१ कार्तिक २०८१, बिहीबार १६:५५

१ कार्तिक, हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले नापी कार्यालय मकवानपुरको अनुगमन गर्नुभएको छ ।
बिहीबार हेटौंडा २ स्थित कार्यालयमा पुगेर मन्त्री तामाङ्ले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री तामाङ्ले कार्यालयमा रहेका समस्याबारे जानकारी लिदै कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सेवा प्रणालीलाई जनतामा सहज रूपमा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।
२०३२ सालमा नेपालमा पहिलो पटक नयाँ प्रविधि (ट्रिगोनोमेट्रिकल पोइन्ट) द्वारा नापी सुरु भएको ऐतिहासिक जिल्ला मकवानपुरमा सर्भे पार्क तयार गर्न बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट बजेट बिनियोजन गरिएको छ ।
अनुगमनको क्रममा नापी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रकाश घिमिरे र नापी अधिकारी रामसोगारथ महतो लगायतका कर्मचारीहरुले मन्त्री तामाङलाई स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*