सर्च कमिटीलाई तत्काल पूर्णता दिन प्रमुख तीन दल सहमत

स्वर्णिम खबर
१ कार्तिक २०८१, बिहीबार १६:४७

१ कार्तिक, काठमाडौँ । शीर्ष तीन राजनीतिक दलहरु सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन् ।
बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष तीन राजनीतिक दलका नेताहरुको बैठकले सो सहमति गरेको हो । बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनु भयो ।
उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शिर्ष तीन दलका नेताहरु सहमत भएको बताउनु भयो ।
उहाँले एक÷दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा शुरु हुने बताउनु भयो । सर्च कमिटीले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुंगिनुपर्ने कानूनी व्यवस्थाअनुसार निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसक्ने आयोग गठन हुने विश्वास व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*