६९ औं प्रहरी दिवसको अवसरमा अमर प्रहरी कर्मचारीहरुप्रति श्रद्धाञ्जली अर्पण

स्वर्णिम खबर
२९ आश्विन २०८१, मंगलवार १८:२१

२९ असोज, हेटौँडा । ६९ औ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय बागमतीले वीरगति प्राप्त गर्ने अमर प्रहरी कर्मचारीहरुप्रति श्रद्धाञ्जली तथा परिवारलाई सम्मान कार्यक्रम गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बागमतीका प्रमुख प्रहरी नायब महानिरिक्षक कृष्णहरि शर्माले कर्तब्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै परिवारलाई नगद सहित सम्मान गर्नुभएको थियो । उक्त अवसरमा बीरगती प्राप्त प्रहरीप्रति शोक सलामी दिइएकोे थियो ।


कार्यक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–५ का अमर प्रहरी शिबन कुमार प्रजाका परिवारलाई प्रदेश प्रहरी कार्यालय हेटौंडा कल्याण कोषबाट ३५ हजार र नेपाल प्रहरी स्मारक गुठीबाट २५ हजार गरि ६० हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक दुर्गा राज रेग्मीले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*