प्रधानमन्त्री राहत कोषमा एमालेको ५० लाख सहयोग

स्वर्णिम खबर
२० आश्विन २०८१, आईतवार १८:४८

२० असोज, काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग गरेको छ ।
आईतवार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली सो रकम बराबरको चेक पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो । एमालेले यस बाहेक पार्टीका सांसदहरुको आधा महिनाको तलव पनि सो राहत कोषमा जम्मा गरेको छ ।
टोलीमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव शंकर पोखरेलगायतका नेताहरु सहभागी हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*