काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने

स्वर्णिम खबर
१८ आश्विन २०८१, शुक्रबार १८:५२

१८ असोज, काठमाडौँ । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिब्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ ।
रल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो ।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् । १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनिसहसचिव अधिकारीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*