एन्फा एकेडेमीका ३ जना विद्यार्थीका शव हेटौंडा ल्याइयो

स्वर्णिम खबर
१४ आश्विन २०८१, सोमबार ११:४३

१४ असोज, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ ।
शनिबार सिस्नेरीमा पहिरोमा परेर एकेडेमीका ६ जना विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा जिल्लाको निजगढका विकल रेग्मीको शव हेटौँडा ल्याइएको हो । उनीहरुको शव काठमाडौंबाट हेलिकप्टरमार्फत हेटौंडा ल्याइएको हो ।


प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो । मृतकको शव हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।
मृतकको खेलाडी पार्थव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*