कुलेखानी बाँध भरिने चरणमा, नदीकिनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

स्वर्णिम खबर
११ आश्विन २०८१, शुक्रबार १७:३८

११ असोज, हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिने चरणमा पुगेको छ ।
अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै हाइएलर्टमा बस्न भनिएको छ ।
यसैबिच, इन्द्रसरोबर गाउँपालिकाले वडा नं २ र ३ सहित कुलेखानी खोला आसपासका बस्तीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*