हेटौंडामा जितिया पर्व मनाइयो
१० असोज, हेटौँडा । थारु महिलाहरुको जितिया पर्वको समापन गरिएको छ ।
तिन दिन देखि उपबास बसेका उनिहरुले बिहीबार हेटौंडाको फरेष्ट्री क्याम्पसमा औपचारीक कार्यक्रम गर्दै १५ औं जितिया पर्वको समापन गरेका हुन् ।
थारु महिला सभाको आयोजनामा भएकोे जितिया समापनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले बिभिन्न जातजातीको बसोबास रहेको हेटौंडा उपमहानगरपालिकामा कला र सस्कृतीको जगेर्नाका लागि नगरले काम गरिरहेको बताउनुभयो । उहाँले थारु महिलाहरुमा रहेको सिपलाई आर्थिक रुपमा अघि ल्याउन जरुरी रहेको आल्याउनुभयो । उहाँले आय आर्जनमा जोडिएर अघि बढ्न सके आफ्नै खुट्टामा उभिने बताबरण तयार हुने बताउनुभयो ।
थारु महिला कल्याणकारी सभा मकवानपुरका अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभाकी केन्द्रीय सदस्य जानकी चौधरी, थारु कल्याणकारी सभा मकवानपुरका अध्यक्ष सचिदानन्द चौधरी, सल्लाहकार हरीलाल चौधरी, थारु बिद्यार्थि सभाका सदस्य दिपीका चौधरी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्कृती, भाषा जगेर्नाका लागि थारु बिवाहित महिलाहरुले जितिया पर्व मनाउर्दै आएका छन् ।