रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल

स्वर्णिम खबर
१० आश्विन २०८१, बिहीबार १५:१३

१० असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताउनुभएको छ ।
बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताउनु भयो ।
बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताउनु भयो । उहाँले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताउनु भयो । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*