पूर्व अन्तर्राष्ट्रिय खेलाडी श्रेष्ठ बागमती प्रदेशको खेल विज्ञमा मनोनित

स्वर्णिम खबर
९ आश्विन २०८१, बुधबार १८:४८

९ असोज, हेटौँडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पूर्व अन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठलाई खेल विज्ञको रुपमा मनोनित गरेको छ ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ का श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गर्नुभएको हो । श्रेष्ठलाई वाग्मती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुत्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सरकारले यस जिम्मेवारी प्रदान गरेको हो ।
प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर बढाऊने तथा संरचनागत र जनशक्ति विकासको कार्यत्रमलाई तीब्रता दिइने श्रेष्ठले बताउनुभयो ।
खेलाडीहरुको हकहितका लागि लामो समयदेखि काम गर्दै आएका श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत हुन् । उहाँ २०४९ सालदेखि खेलकुद क्षेत्रमा त्रियाशील छन् ।
श्रेष्ठले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*