संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँः कार्यवाहक प्रधानमन्त्री सिंह

स्वर्णिम खबर
९ आश्विन २०८१, बुधबार १७:२५

९ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि काँग्रेस र एमालेको समिकरणमा सरकार बनाएको बताउनुभएको छ ।
बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८÷९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरुको सरकार बनेको बताउनुभएको हो । उहाँले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गर्नुभयो ।
उहाँले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताउनु भयो । उहाँले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताउनु भयो ।
कार्यबहाक प्रधानमन्त्री सिंहले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*