राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ
८ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताउनुभएको छ ।
मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताउनुभएको हो । उहाँले आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको बताउनु भयो । उहाँले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्नुभयो ।
उहाँले राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताउनु भयो । उहाँले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताउनु भयो । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूर्णरुपमा खुला रुपमा नगर्न आग्रह गर्नुभयो । आ–आफ्नो तयारीलाई गोप्यता राख्न पनि उहाँले निर्देशन दिनुभयो ।