प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम प्रदेशबासीको हितमा छैनः माओवादी केन्द्र

स्वर्णिम खबर
८ आश्विन २०८१, मंगलवार १७:०२

८ असोज, हेटौँडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम प्रदेशबासीको हित विपरीत भएको बताएको छ ।
स्वर्णिमखबर डटकमसंग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको न्युनतम साझा कार्यक्रमले प्रदेशको वस्तुस्थितिलाई बुझ्न नसकेको बताउनुभयो । प्रदेश सरकारले अधिकार क्षेत्रभन्दा बाहिर संघीय सरकारलाई संविधान संशोधनमा सहयोग गर्ने विषय समावेश गर्नु उचित नभएको उहाँको भनाई छ ।
कार्यान्वयन नै गर्न नसकिने विषयबस्तुलाई प्रदेश सरकारले उठान गरेको उहाँले बताउनुभयो । प्रमुख सचेतक ढकालले प्रदेश सरकारको अहिलेको कार्यक्रम संघीय सरकारकै न्युनतम साझा कार्यक्रमको फोटोकपी भएको टिप्पणी गर्नुभयो ।
सरकार गठन भएको दुई महिनापछि गठबन्धन दलहरुले असोज ६ गते ६७ बुँदामा साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*