वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

स्वर्णिम खबर
५ आश्विन २०८१, शनिबार १९:२६

५ असोज, हेटौँडा । हेटौंडा–८, कमानेमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा कमिटीले जितेको छ ।
शनिबार चन्द्रोदय माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा ९ नम्बर वडा टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । ९ नं. वडा दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको आयोजक खेलकुद महासंघले ११ ओभर ५ बलमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
आयोजक टिमका लागि रमेश उपाध्यायले ३४ बलको सामना गरी अविजित रहँदै ७४ रन बनाए । यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको हेटौंडा–९ ले ९ विकेटको क्षतिमा १ सय ५२ रन जोडेको थियो । ९ नम्बर वडाका लागि क्याप्टेन युविन बुढाथोकीले अविजित ९२ रन जोडेका थिए ।
उपाधिसँगै आयोजक टिमले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ९ नम्बर वडाले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*