राजदेवी सहकारीको अध्यक्षमा रमेश कुमार पराजुली चयन

स्वर्णिम खबर
५ आश्विन २०८१, शनिबार १९:१२

५ असोज, हेटौँडा । हेटौडा १७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेश कुमार पराजुली चयन हुनुभएको छ ।
सहकारी संस्थाको शनिवार भएको २० औ वार्षिक साधारणसभाको बन्दसत्रले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कुमारी कर्माचार्य , सचिवमा श्यामलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन भएका छन ।
सदस्यहरुमा कल्पना चौलागाई, शोविता तिमल्सिना , सुमित्रा लामा, उषा लुईटेल र उर्मिला बजगाई नेपाल चयन भएका छन । हेटौडा १७ का वडा अध्यक्ष उद्वव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन उपाध्यक्ष राम प्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन,सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य, अपांग बाल सदस्य, बढी बाल बचत गर्ने बचतकर्ता लगायतलाई पुरस्कृत गरिएको थियो ।
६ सय ५२ जना शेयर सदस्य र ३ सय ३२ जना बाल बचतकर्ता रहेको सहकारीको शेयर पूजी ६५ लाख २० हजार निक्षेप बचत ४ करोड २१ लाख १९ हजार ऋण लगानी ४ करोड ५६ लाख ६१ हजार रहेको ब्यवस्थापक हेम बहादुर कुवरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*